नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय सचिवालय बैठक मंसिर १८ गते

काठमाडौँ, १४ मङ्सिर।

नेकपा (एकीकृत समाजवादी) ले केन्द्रीय सचिवालय बैठक आह्वान गरेको छ ।

पार्टीको ६९औँ केन्द्रीय सचिवालय बैठक यही मङ्सिर १८ गते बिहान ११ बजे बस्नेगरी आह्वान गरिएको नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष प्रमेश हमालले जानकारी दिनुभयो ।

उहाँका अनुसार उक्त बैठकमा राष्ट्रिय महाधिवेशनको तयारीका बारेमा छलफल हुनेछ । त्यसैगरी पार्टीको कार्यविभाजन समेटेर जारी गरिएको अन्तरपार्टी निर्देशन (अपानी–११) लगायतका विषयमा छलफल गर्ने तयारी समेत रहेको उहाँले जानकारी दिनुभयो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्