जिल्ला प्रशासन कार्यालय धादिङको अनुरोध

धादिङ,१४ पौष ।
मिति २०७८ पौष १३ गते राति देखि नै हिँउदे झरी परिरहेको छ । यसबाट जिल्लाको उत्तरी क्षेत्रमा हिमपात हुने तथा दक्षिणी महाभारत लेक क्षेत्रमा अत्याधिक चिसो बढ्ने अवस्था रहेको छ । हिमपात तथा अत्याधिक चिसोको कारण स्थानिय जनजीवनमा उत्पन्न हुन सक्ने कस्टकर अवस्थामा उच्च सतर्कता अपनाउन स्थानियवासीहरुमा अनुरोध गर्दछु ।
यसैबीच, मिति २०७८ पौष ५ गते सम्पन्न जिल्ला विपद व्यवस्थापन समितिको बृहत बैठकमा सहभागी स्थानिय तहका प्रमुखहरु, नेपाल रेडक्रस सोसाईटी, धादिङ, सरकारी तथा गैरसरकारी संस्था लगायतका जिम्मेवार सरोकारवालाहरुले यस विपदकालीन अवस्थाबाट स्थानिय बासिन्दाहरु तथा तिनका पशुपंक्षी, जिविकोपार्जनसँग प्रत्यक्ष जोडिएका श्रोत साधनहरुको उद्धार तथा संरक्षण गर्न आ आफनो तर्फबाट प्रतिबद्ध जाहे गर्नु भएकै छ ।
अत : बैठकमा व्यक्त प्रतिबद्धता अनुसार स्थानीय तहहरु तथा सम्बद्ध सरकारी तथा गैरसरकारी संघ संस्थाहरुबाट हिमपात तथा अत्याधिक चिसोबाट आर्थिक सामाजिक रुपले विपन्न र जोखिममा रहेका व्यक्ति तथा समुदायका मानिसहरुलाई उद्धार तथा संरक्षण गर्न आवश्यक पर्ने न्यानो कपडा, खाद्यन्न औषधि तथा नियमपुर्वक संकलित दाउराहरु लगायतका सामाग्रीहरको व्यवस्थापन गरी सम्बन्धित स्थानिय तहहरुको स्वीकृति तथा उपस्थितिमा न्यायोचित तथा प्रचलित कार्यविधि सम्मत ढंगबाट वितरण गर्नु गराउनुहुन समेत अनुरोध गर्दछु ।
कृष्ण प्रसाद लम्साल
अध्यक्ष –जिल्ला विपद व्यवस्थापन समिति एवं प्रमुख जिल्ला अधिकारी

No description available.

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्