सालकको महत्व बुझाउन बन कार्यालय धादिङको प्रांगणमा सालकको मुर्ति

धादिङ,१ पुष 
विश्वकै दुर्लभ बन्यजन्तु सालकको महत्व बुझाउन डिभिजन बन कार्यालय धादिङले कार्यालय परिसरमा सालकको मुर्ति निर्माण गरेको छ ।सालकको संरक्षण गर्ने र यसको चोरी पैठारी रोक्ने उदेश्यले कार्यालयले सालकको देवल सहितको मुर्ति स्थापना गरीएको वन कार्यालय धादिङका प्रमुख विष्णु प्रसाद आर्चायले जानकारी दिनुभयो ।बन कार्यालयले जिल्लाको १३ वटै स्थानिय सरकारसँग समन्वय गरेर हरेक पालिकामा सालकको मुर्ति बनाउने अभियान सन्चालन गर्ने आर्चायले बताउनुभयो ।

धादिङ जिल्लामा सबैभन्दा बढी सालक पाईने र सबैभन्दा बढी चोरी पैठारी हुने भएकाले संरक्षणको लागि यस्तो अभियान सन्चालन गरीएको हो । सालकको महत्व थाहा नभएर चोरी पैठारी भएको भन्दै उहाँले यसको महत्व बुझाउन सजिलो होस् भनेर मुर्ति स्थापना गरिएको बताउनुभयो ।कार्यालयमा आउने सेवाग्राहीहरुले सालकको मुर्ति देखेर त्यसको महत्व बुझ्ने हेर्ने, तस्विर खिच्ने लगायतका क्रियाकलापले सालकको महत्व बुझ्ने उहाँको विश्वास छ ।

धादिङमा भएको संरक्षित वन्यजन्तु सालकलाई जोगाउनु र जनतालाई चेतना वृद्धि गर्ने वन कार्यालयको पहिलो दायित्व भएको उहाँले बताउनुभयो । धादिङमा सालकको प्रचार, संरक्षण तथा प्रवद्र्धन गर्नलाई अभियानको रुपमा काम गर्छ भन्ने आशयले सालकको मुर्ति स्थापना गरीएको कार्यालयले जानकारी दिएको छ।
संसारमै दुर्लभ मानिएका ८ प्रजातिका सालकमध्ये नेपालमा कालो सालक (चाइनिज प्यांगोलिन) र तामे सालक (इन्डियन प्यांगोलिन) पाइन्छ । नेपालमा पाइने स्तनधारीमध्ये कालो सालक आईयूसीएनको अति संकटापन्न सूचीमा रहेको छ । विश्वबाट नै लोपोन्मुख अवस्थामा रहेको यो सालक जिल्लामा पाइने गरेको छ।

त्यसैले अर्को पुस्ताले पनि सालक देख्न पाओस् भनेर यसको संरक्षणका लागि बन कार्यलयले काम गरीरहेको छ ।पछिल्लो समय सालकको तस्करी हुन थालेको छ । जसले गर्दा सालकहरु झन् जोखिममा परेका छन् ।तस्करीले मात्र होइन साँघुरिँदै गएको बासस्थान, वन क्षेत्रको अतिक्रमण, यसको बासस्थानमा अत्यधिक मानवीय गतिविधि र वन क्षेत्रमा भौतिक पूर्वाधार निर्माण एवं प्राकृतिक आहाराको कमी हुँदै जानुले सालक झन् लोपोन्मुख अवस्थामा पुगेको आचार्यले बताउनुभयो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्