धादिङ अस्पताल परिसरमा पौष ४ गते (बुधबार) रक्तदान कार्यक्रम हुँदै

धादिङ,०३ पौष ।
सानिमा बैंक लिमिटेडको १९औं वार्षिको उत्सवको अवसरमा रक्तदान कार्यक्रम हुनेभएको छ । सानिमा बैंक धादिङ शाखाको आयोजनामा पौष ४ गते बुधबार धादिङ अस्पताल परिसर रक्तदान कार्यक्रम हुने भएको हो ।

लायन्स क्लब अफ काठमाण्डौ ब्लड सर्कलको सहकार्य तथा नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार सेवा केन्द्र धादिङको प्राविधिक सहयोगमा बिहान १० बजे देखि दिउँसो ४ बजे सम्म कार्यक्रम हुने आयोजकले जनाएको छ ।

रक्तदान कार्यक्रममा सक्रिय सहभागिता जनाई रक्तदान गर्नहुन सम्पुर्ण स्वयमसेवी रक्तदाताहरुलाई आयोजकले अपील गरेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्