एक करोड ५० लाख निजी लगानीमा मन्दिर निर्माण

मनहरी, ५ पुस
हेटौंडाका एक जना समाजसेवीले रु एक करोड ५० लाखको लगानीमा मन्दिर निर्माण गर्नुभएको छ । हेटौंडा उपमहानगरपालिका– ७ निवासी दलबहादुर खड्काले सोही वडाकोे नागस्वती चोकमा वनदेवी र राधाकृष्ण मन्दिर निर्माण गर्नुभएको हो ।

सत्र वर्ष वनस्पति घ्यु उद्योगमा काम गर्नुभएका खड्काले २० वर्ष कुखुरा व्यवसाय सञ्चालन गर्नुभयो । व्यावसायिक कुखुरापालन गर्दा देशको सबैभन्दा बढी दाना बिक्री गर्ने व्यवसायी बन्नुभएका उहाँ वाल्यकालदेखि नै धर्मकर्ममा लाग्नुभएको हो । भगवान्को सेवा गरेपछि आशीर्वाद प्राप्त हुने भएकाले निजी लगानीमा मन्दिर बनाएको उहाँले बताउनुभयो ।

व्यवसाय गरेर प्रशस्त आम्दानी गर्नुभएका खड्काले सामाजिक काम गर्न सकियो भने भावी पुस्ताले सम्झने उहाँ बताउनुहुन्छ । सुरुमा पचास लाखको योजनासहित मन्दिर निर्माणमा जुट्नुभएका खड्काले काम गर्दै जाँदा रु एक करोड ५० लाख खर्च भएको बताउनुभयो । वडा कार्यालयको स्वामित्वमा रहेको सार्वजनिक जग्गामा मन्दिर निर्माण गरिएको हो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्