सुनको मूल्य बढ्यो

काठमाडौ।

सुनको भाउ आज तोलामा एक सय रुपैयाँले बढेको छ । शुक्रवार तोलाको एक लाख १९ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज एक लाख १९ हजार ९ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

तेजाबी सुनको मूल्य आज १ लाख १९ हजार ३५० रुपैयाँ कायम भएको छ। चाँदीको मूल्य भने तोलामा १० रुपैयाँ घटेको छ । चाँदी तोलामा एक हजार ४७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्