नेपाल-भारत संयुक्त आयोगको सातौँ बैठक सुरु

काठमाडौँ, १९ पुस ।

 नेपाल-भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको सातौँ बैठक यहाँ सुरु भएको छ । 

बैठकमा परराष्ट्रमन्त्री नारायणप्रकाश साउद र भारतीय विदेशमन्त्री डा एस जयशङ्करले आ-आफ्नो देशको प्रतिनिधि मण्डलको नेतृत्व गर्नुभएको छ । बैठकमा द्विपक्षीय सहकार्य र आपसी हितका विविध विषयमा समीक्षा र छलफल हुने जनाइएको छ । 

भारतीय विदेशमन्त्री डा जयशङ्कर दुई दिने भ्रमणका क्रममा आज नेपाल आइपुग्नुभएको हो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्