७०० रुपैयाँले घट्यो सुनचाँदीको मूल्य

आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबार छापावाल सुन तोलामा ७०० रुपैयाँले घटेर प्रतितोला एक लाख १७ हजार ५०० रुपैयाँमा कारोबार भएको छ भने तेजाबी सुन प्रतितोला एक लाख १६ हजार ९५० रुपैयाँमा कारोबार भैरहेको छ ।

बिहिबार चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटेको छ । चाँदी प्रतितोला एक हजार ३९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्