मोटरसाइकल दुर्घटनामा मृत्यु

रामपुर (पाल्पा), ८ माघ ।

पाल्पाको रम्भा गाउँपालिका– १ स्थित कालीगण्डकी करिडोर सडकखण्डको भोवरमा १४ प ३७५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा गएराति एक युवकको मृत्यु भएको छ । 

मृत्युहुनेमा रम्भा–१ असेर्दीका २८ वर्षीय हेमन्त जिटी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक एवं प्रवक्ता श्रीराम भट्टले जानकारी दिनुभयो ।  मोटरसाइकल सडकदेखि करिब दुई सय मिटर तल खसेको र शव परीक्षण लागि रामपुर अस्पताल लगिएको प्रहरीले जनाएको छ । 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्