नवौ धादिङको महोत्सवको तयारी अन्तिम चरणमा, महोत्सव भोली देखि शुरु हुँदै

धादिङबेशी। माघ १० अर्थात भोली देखि हुने नवौं धादिङ महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । आज बेलुका सम्म सम्पूर्ण तयारी पुरा हुने मेला आयोजक समिति धादिङ उद्योग बाणिज्य संघले जानकारी दिएको छ ।

धादिङ गजुरी गाउँपालिकाको गलौँदी स्थित त्रिशुली किनारमा २१ गतेसम्म हुने महोत्सवको उद्धघाटन मुख्यमन्त्री जम्मकटेलले गर्नुहुने भएको छ । ‘धादिङको दिगो विकास र अर्थतन्त्रको आधार, कृषि, पर्यटन जलश्रोत तथा उद्योगको पूर्वाधार’ भन्ने नारा सहित सुरु हुने महोत्ससमा भोली गजुरी बजारबाट बाजागाजा सहित जातिय पहिचान भेषभूषा झल्कने गरी ¥याली निकालिने तयारी समेत गरिएको छ ।

स्थानिय उत्पादनलाई प्रोत्साहन गर्ने उदेश्यले आयोजना गरिएको महोत्वसमा २ सय ४० वटा स्टल रहनेछन् । महोत्सवको मुख्य आकर्षण पर्यटन कृषि, घरेलु उद्योग, व्यापार, शिक्षा, स्वास्थ्य क्षेत्रको विकास तथा साँस्कृतिक र पर्यटन क्षेत्रको प्रवर्द्वनमा टेवा पु¥याउने उदेश्य रहेको छ ।

नवौ धादिङ महोत्सवको आम्दानीबाट संघको संस्थागत विकाससँगै व्यवसायिक पुस्तकालय सहितको व्यवसायिक सुचना केन्द्र र सुविधा सम्पन्न सभाहल निर्माणको लक्ष्य लिएकोे छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्