३ सय रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौँ । नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा ३ सय रुपैयाँले बढेर १ लाख १९ हजार ५ सय रुपैयाँ पुगेको छ भने तेजाबी सुन १ लाख १८ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले बढेको छ । चाँदी तोलाको १ हजार ४१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्