छ महिनामा साढे चार करोड माछाका भुरा वितरण

मकवानपुर (हेटौँडा) , ४ फागुन

बागमती प्रदेश प्राकृतिक जलाशय तथा मत्स्य संरक्षण केन्द्र मकवानपुरले चालु आर्थिक वर्षको छ महिनामा किसानलाई चार करोड ३८ लाख माछाका भुरा विभिन्न वितरण गरिएको जनाएको छ।

केन्द्रले मधेस प्रदेशको सर्लाही, बारा, पर्सा, रौतहट र बागमती प्रदेशको काभ्रेपलाञ्चोक, ललितपुर, चितवन, मकवानपुर र धादिङका ३० हजारभन्दा बढी किसानलाई सुपथ मूल्यमा भुराहरु उपलब्ध गराएको केन्द्रका सूचना अधिकारी बलराम आचार्यले जानकारी दिनुभयो ।

सो केन्द्रमा हाल ४२ वटा पोखरीमध्ये ३३ वटामा माछापालन भइरहेको केन्द्रका प्रमुख सरोजकुमार यादवले बताउनुभयो । उहाँका अनुसार यस अवधिमा केन्द्रबाट भूराबाहेक हाल १८ मेट्रिक टन माछा उत्पादनको लक्ष्य लिइएको छ भने हालसम्म तीन मेट्रिक टन माछा बिक्री वितरण भइसकेको छ ।

विसं २०२४ मा हेटौडा–५ पिप्लेमा वृहत्त मत्स्य विकास केन्द्रको स्थापना भइ २०२५ सालदेखि माछापालन सुरु गरिएको थियो । सो केन्द्र हेटौँडा बजारबाट पाँच किलोमिटर पूर्वमा पर्छ । हाल केन्द्रमा ७० जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्