दिगो विकास सम्बन्धी कार्यक्रममा सहभागी हुन नेपाली प्रतिनिधिमण्डल बैंककमा

काठमाडौँ, ८ फागुन ।

दिगो विकाससम्बन्धी एशिया प्यासिफिक फोरममा सहभागी हुन नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठ थाइल्याण्डको राजधानी बैङ्कक प्रस्थान गर्नुभएको छ ।

उक्त प्रतिनिधिमण्डलमा आयोगका सदस्य डा रामकुमार फुँयाल, सचिव डा तोयनारायण ज्ञवाली र सहसचिव महेश भट्टराई लगायत सहभागी हुनुहुन्छ । आजदेखि शुक्रबारसम्म बैङ्ककस्थित संयुक्त राष्ट्र सङ्घको सम्मेलन केन्द्रमा हुने उक्त कार्यक्रममा दिगो विकासका लक्ष्यहरु १, २, १३, १६ र १७ को समीक्षा हुने आयोगले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्