प्रतिष्ठानको काम प्रसंम्सा योग्य छ,सवैले मिलेर सहकार्य गरौँ : समन्वय प्रमुख अधिकारी

धादिङबेशी ।  नेपाल ह्रदय रोग निवारण प्रतिष्ठान धादिङको कामहरु प्रसंम्सा योग्य रहेको जिल्ला समन्वय समितिका प्रमुख नवराज अधिकारीले बताउनु भएको छ । प्रतिष्ठानको सातौ बार्षिक साधारण सभालाई शुक्रबार सम्बोधन गर्दै उहाँले प्रतिष्ठानको काम प्रसंम्सा योग्य भएकोले सवैले मिलेर सहकार्य गर्नुपर्ने बताउनु भयो ।अधिकारीले अहिले मानवमा लागेको रोगको प्रकृति हेर्दा मुटुरोगले भयावह रुप लिन लागेको समयमा प्रतिष्ठानले उल्लेख्य काम गरेको भन्दै खुलेर प्रशंसा गर्नु भएको थियो ।

त्यसैगरी कार्यक्रममा धादिङका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले नसर्ने रोगहरु मध्ये मुटुरोगको समस्या तिब्र गतिमा बढेको बताउँदै मानिसको आहार, विहार र व्यायामले यसमा सुधार ल्याउन सकिने धारणा राख्नु भयो । उहाँले गजल मार्फत आफनो मुटु बचाउनको लागि सन्देश पनि दिनु भयो ।

नीलकण्ठ नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पुरुषोत्तम सुवेदीले बजारमा आएका जंग फुड र वातावरणीय परिवर्तनका कारण स्वास्थ्य समस्या बढेको बताउनुभयो । नसर्ने रोगबाट बच्नको लागि स्वयम व्यक्ति आफै जिम्मेवार हुनुपर्ने बतानुभयो । नीलकण्ठ नगरपालिकाले मुटु रोगबारे सचेतना तथा स्वास्थ्य शिविरहरु संचालन गरिरहेको बताउनुभयो ।

त्यसैगरी आजिवन सदस्य तथा नेकपा माओवादी केन्द्रका नेता रामबहादुर भण्डारीले चैत्र १० गते सल्यानटारमा भएको निःशुल्क शिविरबाट मुटुका विरामीले स्थानिय स्तरमै सेवा पाएकोले यस्ता कार्यक्रमहरु संचालन गर्न सहयोग गर्ने प्रतिवद्धता जनाउनु भएको छ ।

नेपाल हृदयरोग निवारण प्रतिष्ठान जिल्ला शाखा धादिङको सातौ वार्षिक साधारण सभाले मुटु जाँच परिक्षण जिल्ला भर संचालन गर्ने निर्णय गरेको छ । नेपाल हृदयरोग निवारण प्रतिष्ठान जिल्ला शाखा धादिङले आ.व. ०७९र८० को कार्य प्रगति तथा ४ लाख ८६ हजार २३९रुपैया ९५ पैसाको आम्दानी खर्चको विवरण शाखाका अध्यक्ष राजकुमार श्रेष्ठले प्रस्तुत गर्नु भएको थियो । शाखाले रिमेटिक हर्ट भएकालाई हरेक २१ दिनमा लगाउनु पर्ने भ्याक्सिन निःशुल्क प्रदान गर्ने, समुदायमा रक्त चाप र सुगर जाँच गर्ने, मुटु रोग सम्वन्धी जानकारी मुलक पुस्तक तथा सामग्रीहरु वितरण गर्ने, निःशुल्क स्वास्थ्य शिविरको आयोजना गर्ने जस्ता कार्यक्रमहरु गरेको छ भने धादिङ अस्पताललाई Ecg मेशिन प्रदान गरिएको समेत सम्मेत प्रतिवेदनमा उल्लेख छ ।

नीलकण्ठ नगरपालिका वडा नं। २ को महेन्द्र मा।वि।मा फागुन ७ गते आँखा, दाँत र मुटु परिक्षण गराउन निःशुल्क स्वास्थ्य शिविर आयोजना गरि ४९४ जनाको स्वास्थ्य परिक्षण गरिएको, २०८० चैत्र १० गते प्राथमिक स्वास्थ्य केन्द्र त्रिपुरासुन्दरी गापा वडा नं। २ सल्यान्टारमा निशुल्क मुटु जाँच शिविरमा ३३४ जनाको स्वास्थ्य परिक्षण गरिएको, र आगामी दिनमा साना वाल वालिकाहरुको मुटु वचाउन विद्यालय स्तरमा स्क्रिनिङ तथा सचेतना कार्यक्रम संगसंगै लैजानु पर्नेमा अध्यक्ष श्रेष्ठको जोड थियो ।

साधारण सभामा धादिङ अस्पतालका निमित्त मेडिकल सुपरिटेण्ड्न्ट डा। दिनेश रेमीले मुटुरोग, मुटुरोगका असरहरु र रोकथाम तथा उपचारका विषयमा जानकारी गराउनु भएको थियो । साथै विभिन्न समयमा सञ्चालन गरेको स्वास्थ्य शिविरमा सहयोग गर्ने व्यक्ति तथा संस्थालाई सम्मान पनि गरिएको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्