साफ महिला फुटबल प्रतियोगिता काठमाडौँमा हुने

काठमाडौँ, २१ जेठ
साफ महिला फुटबल प्रतियोगिता काठमाडौँमा हुने भएको छ । उक्त प्रतियोगिता आगामी कात्तिक १ देखि १४ गतेसम्म त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सञ्चालन हुनेछ ।

दक्षिण एसियाली फुटबल महासङ्घ ९साफ० को आज बसेको प्रतियोगिता समितिको बैठकले उक्त प्रतियोगिता नेपालमा गर्ने तय गरेको अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का प्रवक्ता सुरेशकुमार शाहले जानकारी दिनुभयो ।

उक्त प्रतियोगिता आयोजना गर्न नेपाल, भुटान र बङ्गलादेशले प्रस्ताव गरेका थिए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्