थप २२० जनामा कोरोना संक्रमण,२ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा देशभर ७ हजार ६०८ को कोरोना परिक्षणमा २२० संक्रमित थपिदा २५३ संक्रमित डिस्चार्ज भएका छन्।

देशभरका प्रयोगशालाबाट ६ हजार ४३३ जनाको पीसीआर गर्दा २०९ र १ हजार १७५ जनाको एन्टिजेन परिक्षणमा ११ गरी २२० जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा.संगिता कौशल मिश्राले आज प्रेस ब्रिफिङका क्रममा बताउनुभयो।

मंगलबार मात्रै २६४ संक्रमित थपिएका थिए। यो सँगै देशभर संक्रमित हुनेको संख्या ९ लाख २४ हजार १९७ पुगेको छ भने हालसम्म संक्रमित भई निको हुनेको सङ्ख्या ८ लाख ११ हजार ५१८ पुगेको छ।

योसँगै हालसम्म सक्रिय संक्रमितको संख्या ४ हजार ८६४ रहेको छ भने सङ्क्रमणमुक्त हुनेको दर ९८ प्रतिशत रहेको छ। यस्तै पछिल्लो २४ घण्टामा सङ्क्रमणका कारण २ जनाको मृत्यु भएसँगै हालसम्म सङ्क्रमणका कारण एघार हजार ५९० को मृत्यु भएको डा.संगिता कौशल मिश्राले बताउनुभयो।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्