पीएम कपलाई टी-२० फर्म्याटमा लैजान क्यानको प्रस्ताव

नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई प्रधानमन्त्री कप (पीएम) एक दिवसीय क्रिकेटलाई टी-२० फर्म्याटमा गर्न प्रस्ताव गरेको छ । बिहीबार आयाेजित पत्रकार सम्मेलनमा क्यानका म्यानेजर विनोद दासले यसअघि हुँदै आएको ५० ओभरको खेललाई २० ओभरमा झार्न प्रस्ताव गरेको बताएका हुन् ।

‘हामी ग्लोबल छनोटमा टी-२० खेल खेल्दैछौँ । त्यसलाई सहयोग हुन्छ भनेर एकदिवसीयलाई टी-२० मा लैजान आग्रह गरेका हौँ। उहाँहरू सकारात्मक हुनुहुन्छ ।’ दासले भने । बर्सेनि आयोजना हुने पीएकपलाई राखेपले आर्थिक सहयोग गर्दै आएको छ । म्यानेजर दासले यो निर्णय चाडै सार्वजनिक हुने समेत बताए । 

बिहीबार नै क्यानले प्रशिक्षण पुबुदु दासानायकेलाई सार्वजनिक गरेको छ ।  क्यानले आयाेजना गरेको पत्रकार सम्मेलनमार्फत पुबुदुले ३० खेलाडी ग्लोबल छनोटको लागि सुरुवाती प्रशिक्षणमा  बोलाउने र नाम आजै बेलुकी वा भोलि बिहानसम्म सार्वजनिक गरिने बताए । 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्