पछिल्लो २४ घण्टामा देशभर २० हजार ९५९ को कोरोना परिक्षणमा ३८२ संक्रमित थपिदा २५२ संक्रमित डिस्चार्ज भएका छन्।
देशभरका प्रयोगशालाबाट ५ हजार ७ जनाको पीसीआर गर्दा ३४२ र १५ हजार ९५२ जनाको एन्टिजेन परिक्षणमा ४० गरी ३८२ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।
शुक्रबार मात्रै २३५ संक्रमित थपिएका थिए। यो सँगै देशभर संक्रमित हुनेको संख्या ९ लाख २५ हजार १५ पुगेको छ भने हालसम्म संक्रमित भई निको हुनेको सङ्ख्या ८ लाख १२ हजार २१० पुगेको छ।
योसँगै हालसम्म सक्रिय संक्रमितको संख्या ४ हजार ९६९ रहेको छ भने सङ्क्रमणमुक्त हुनेको दर ९८ प्रतिशत रहेको छ। यस्तै पछिल्लो २४ घण्टामा सङ्क्रमणका कारण कसैको मृत्यु नभएको मन्त्रालयले जनाएको छ।हालसम्म सङ्क्रमणका कारण एघार हजार ५९४ को मृत्यु भएको मन्त्रालयको तथ्याङ्मा उल्लेख गरिएको छ।