लिभरपुल प्रशिक्षक क्लोपले चेल्सीविरुद्धको खेल गुमाउने

काठमाडौं, १८ पुस

इंग्लिस क्लब लिभरपुलका म्यानेजर योर्गन क्लोपले आइतबार हुने चेल्सीविरुद्धको खेल गुमाउने भएका छन् । ५४ वर्षीय क्लोपलाई कोडिभ–१९ पोजिटिभ देखिएपछि लिभरपुलको टच लाईन गुमाउने भएका हुन् । 

क्लोप नहुने भएसँगै टोलीका सहायक प्रशिक्षक पेप लिजन्डर्सले स्टाफोर्ड ब्रिज भ्रमण गर्नेछन् । गत शुक्रबार क्लोपसँगै तीन खेलाडीमा कोरोना संक्रमण देखिएको थियो । उनको अवस्था सामान्य रहे पनि आईसोलेसनमा बसिरहेका बीबीसीले जनाएको छ । 

आइतबार राति चेल्सी घरेलु मैदानमा हुने खेल नेपाली समयअनुसार राति सवा १० बजे सुरु हुनेछ । 

जारी लिगमा चेल्सी २० खेलबाट ४२ अंकसहित दोस्रो स्थानमा छ भने १९ खेलबाट ४१ अंक बनाएको लिभरपुल तेस्रो स्थानमा छ । 

अघिल्लो दिनमात्र आर्सनलविरुद्ध पुनरागमन जित निकालेको म्यानचेष्टर सिटी २१ खेलबाट ५३ अंकसहित तालिकाको शीर्षस्थानमा रहँदै उपाधि जित्ने सम्भावना बलियो बनाएको छ । 
 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्