नेकपा एमालेको धादिङ जिल्ला अधिवेशनका लागि जिल्लाको १३ वटै स्थानीय तहबाट प्रतिनिधि चयन गरिएको छ ।
यही पुस २३ गते सदरमुकाम धादिङबेशीमा हुने आठौं जिल्ला अधिवेशनका लागि जिल्लाको १०४ वटै वडाबाट सर्वसम्मत रुपमा प्रतिनिधि चयन गरिएको एमाले धादिङका प्रचार विभाग प्रमुख राधिका सापकोटाले जानकारी दिनुभयो।
जिल्लामा सबै भन्दा कम रुबीभ्यालीबाट ३ जना प्रतिनीधि छनोट भएका छन् भने सबैभन्दा धेरै प्रतिनीधि ज्वालामुखीबाट ८३ जना छनोट भएका छन् ।
जसअन्तरगत धुनीबेशीबाट २६ जना, थाक्रेबाट ६७ , गल्छीबाट ३८ ,गजुरीबाट ५०, बेनीघाट रोराङबाट ३५ जना चयन भएका छन्।
यसैगरी सिद्धलेकबाट ५७ जना, त्रिपुरासुन्दरीबाट ३८,गंगाजमुना बाट ७२ जना, खनियाबासबाट ११ जना, नेत्रावती डवजोङबाट १४ जना र नीलकण्ठ नगरपालिकाबाट ५१ जना छनोट भएका प्रचार विभाग प्रमुख सापकोटाले बताउनुभयो।
२ हजार ८६० जना महिला सहित १३ हजार ७ जना पार्टी सदस्य रहेको एमाले धादिङको जिल्ला अधिवेशनका लागि १३ वटै स्थानीयतहबाट ५४५ जना प्रतिनीधिहरु छनोट भई सकेको र अरु छनोटको प्रक्रियामा रहेको सापकोटाले बताउनुभयो।
अधिबेशनमा ३३ प्रतिशत महिला सहित करिब सात सयजना प्रतिनीधिहरु सहभागि हुने सापकोटाको भनाई छ। अधिवेशनबाट ११० सदस्यीय जिल्ला कमिटी चयन गरिनेछ ।
सकभर सहमतिमै नेतृत्व टुङ्याउन पयत्न गरिने,सहमति नजुटे चुनावी प्रक्रियाबाट नेतृत्व टुङ्याउने एमाले धादिङका प्रचार विभाग प्रमुख राधिका सापकोटाको भनाई छ।