नीलकण्ठ क्याम्पसको भवन निर्माण गर्न सहयोग गर्ने मुख्यमन्त्री पाण्डेको प्रतिबद्धता

धादिङको नीलकण्ठ क्यापसको भवन निर्माणको लागि प्रदेश सरकारले सहयोग गर्ने मुख्य मन्त्री राजेन्द्र प्रसाद पाण्डेले बचन दिनुभएको छ।

नीलकण्ठ क्याम्पसको अधुरो भवन निर्माणको लागि अबको ६ महिनाभित्र निर्माण सम्पन्न हुनेगरी सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको हो । नीलकण्ठ बहुमुखी क्याम्पसको क्याम्पस सभाको तेस्रो बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डेले नीलकण्ठ क्याम्पसका लागि आवश्यक पर्ने सबै कुराहरुमा प्रदेश सरकारले समन्वय गरेर सहयोग गर्ने बताउनु भएको छ ।

शिक्षा क्षेत्रका बागमती प्रदेशले सुधारको कार्य गरेको भन्दै पाण्डेले बागमती प्रदेशभित्रका १ सय १९ वटा पालिकाको दलित तथा लोपन्मुख जातीहरु मध्येबाट एकजनालाई तीन वर्षे प्राविधिक शिक्षा पढाएर सम्बन्धीत पालिकामा नै काम गर्न सक्ने जनशक्ति बनाउने नीति लागु गरिसकिएको बताउनुभयो।

आर्थिक अभावको कारण शिक्षा लिनबाट बञ्चित हुन नपरोस भनेर आर्थिक अवस्था कमजोर भएकाहरुलाई पालिकाको सामुदायिक कलेजबाट एसर्ई उत्तिर्ण गरेकाहलाई छात्राबृत्ति दिने निर्णय पनि बागमती प्रदेशले गरेको बताउनुभयो।

उच्च शिक्षा लिनबाट कोहि पनि बञ्चित हुननपरोस भनेर आफुहरुले उक्त कार्यक्रम सन्चालन गरेको स्पष्ट पार्नुभएको हो । कार्यक्रमलाई सम्बोधन गर्नुहुदै मुख्य मन्त्री पाण्डेले केन्द्रिय सरकारको अलमलले प्रदेश सरकारको काम प्रभावित बनेको समेत बताउनु भएको छ ।

मुख्यमन्त्री पाण्डेले साझा अधिकार सुचीका विषयहरुमा आवश्यक ऐन, नियम तर्जुमा गरी कार्यान्वयन गर्न नसक्दा जनताले संघीयतामा महशुस गर्न नपाएको बताउनुभयो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्