विषादी परीक्षणलाई ६ महिनाभित्र निरन्तरता दिइनेः परराष्ट्रमन्त्री ज्ञवाली

स्वास्थ्यसमाचार
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सरकारी आवश्यक तयारी पूरा गरी भारतबाट आयात हुने फलफूल र तरकारीमा विषादी परीक्षणलाई निरन्तरता दिने बताएका छन् ।

सीमा नाकामा परीक्षणका लागि आवश्यक उपकरण नहुँदा काठमाडौं ल्याउनुपर्ने बाध्यताले विषादी परीक्षण तत्काललाई स्थगीत गर्नुपरेको जानकारी दिँदै उनले सरकार पछि हट्यो भन्ने ढंगले व्याख्या नगर्न विपक्षीलाई आग्रह समेत गरे । नेकपा बुटवल उपमहानगर कमिटीले शनिबार बुटवलमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा उनले तयारीबिना विषादी परीक्षण गरिँदा यो अवस्था आएको भन्दै ६ महिनाभित्र तयारीका सबै काम सकेर विषादी परीक्षणलाई निरन्तरता दिइने बताए । परराष्ट्रमन्त्री ज्ञवालीले वर्तमान सरकार गठन भएको पहिलो वर्षमा ‘समृद्धिको आधार’ तयार गर्न सफल भएको पनि दावी गरे ।

उनले पहिलो वर्षमा संविधानको पूर्ण कार्यान्वयन र संघीयतालाई स्थापित गर्न सफल भएको बताए । मन्त्री ज्ञवालीले वर्तमान सरकारको मुख्य ‘मिसन’ मुलुकको समृद्धि भएको बताउँदै अहिलेसम्म भएका सबै खाले आन्दोलनबाट प्राप्त अधिकारको जगमा उभिएर आर्थिक समृद्धिमा देश अघि बढेको दावी गरे ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्