सिद्धलेकको सत्यवती माविमा सत्यवति करियर कन्फेरेन्स सुरू

सिद्धलेक गाउँपालिका वडा नं ७ आदमटार स्थित सत्यवती माविमा सत्यवति करियर कन्फेरेन्स सुरू भएको छ ।सत्यवती अल्मुनाई एसोसिएसन सानको आयोजनामा भएको दुई दिने करियर कन्फेरेन्समा विभिन्न क्याम्पस र माविमा अध्ययनरत दुई सयभन्दा बढी विद्यार्थी सहभागी भएका छन्।

विहीबारसम्म चल्ने कार्यक्रममा निजामति र शिक्षक सेवाका क्षेत्रहरु, शेयर बजार, बैंकिङ सेवा तथा अवसरहरु, डिभी तथा वैदेशिक अध्ययन र रोजगारीहरु,स्टार्ट अप व्यवसाय, पत्रकारितालगायतका विभिन्न १० विषयमा परामर्श दिइने आयोजक संस्था सानका अध्यक्ष बद्री सुवेदीले जानकारी दिनुभयो।

बुधबार निजामति सेवाको विषयमा त्रिपुरासुन्दरी गाउँपालिकाका कार्यकारी अधिकृत इन्द्रबहादुर खतिवडा, पत्रकारिताबारे अनलाइनखबर डट कमका विचार सम्पादक सुदर्शन खतिवडा, स्टार्टअप व्यवसायबारे युवा उद्यमी सरोज खनाल र बैंकिङ करियरबारे सानिमा बैंक बिदुर शाखा प्रमुख मधुप्रकाश खतिवडाले परामर्श प्रदान गर्नुभएको थियो।

कार्यक्रममा सत्यवती माविका प्रधानाध्यापक लक्ष्मण शर्माले उच्च मावि पढ्दै गरेका विद्यार्थीलाई आफ्नो करियरबारे अन्योल देखिएकाले जिल्ला मै पहिलोपटक विद्यालय तहमा यस्तो कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।

कार्यक्रममा सहभागी विषयविज्ञहरू सत्यवतीकै उत्पादन रहेको बताउँदै उहांले आगामी वर्ष पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने जानकारी दिनुभयो ।

No description available.
No description available.

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्