नेत्रावती डबजोङ वडा नं २ को सार्वजनिक सुनुवाई:समस्या समाधान गर्ने जनप्रतिनिधिको प्रतिबद्धता

नेत्रावती डबजोङ गाउँपालिका वडा नं २ को सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ।

बुधबार नेत्रावती डबजोङ–२ को आयोजना तथा धादिङ सन्चार प्रा.लीको समन्वयमा सुशासन, पारदर्शिता, जवाफदेहीता र वडाको सेवा प्रवाह तथा विकास निर्माण लगाएतका विषयमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको हो ।

सेवाग्राही प्रति सेवा प्रदायक तथा निर्वाचित जनप्रतिनिधिहरुलाई जवाफदेही बनाउन तथा वडाले वडाबासिहरुलाई पु¥याएको सेवा सुविधा तथा सम्पादन गरिएका कार्यहरुको विषयमा जनताको गुनासो व्यवस्थापन गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा गाउँपालिका तथा वडा कार्यालयहरुको काम कारबाही, सेवा प्रवाह, योजना एवं कार्यक्रम, बजेट लगाएत सार्वजनिक विषयमा सम्बन्धित सेवा प्रदायक र सेवाग्राहीबीच छलफल गरिएको थियो ।

नेत्रावती डबजोङ गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष सुन्दर थापाको अध्यक्षतामा सम्पन्न भएको सार्वजनिक सुनुवाई कार्यक्रममा वडासदस्यहरु, वडा तथा गाउँपालिकाका कर्मचारी,बिभिन्न राजनितिक दलका प्रतिनिधिहरु, सञ्चारकर्मी लगाएतको आतिथ्य रहेको थियो।
कार्यक्रममा वडाध्यक्ष थापाले जनगुनासा सुन्न,जनताको समस्यामा छलफल गर्न, आगामी दिनहरुमा वडाले सुधार गर्नुपर्ने क्षेत्रहरुको पहिचान र सुझाव प्राप्त गर्नको लागि सार्वजनिक सुनुवाई कार्यक्रम महत्वपुर्ण रहेको बताउनुभयो।

उहाँले वडाको विकासको लागि आफुहरु सधैव लागि परेको भन्दै आगामी दिनमा हरेक नागरीकले आफ्नो ठाउँबाट विकास निर्माणका कामलाई नियाल्नु पर्ने बताउनुभएको छ। साथ कार्यक्रममा उठेका हरेक विषयमा आफुहरु छलफल गरेर अगाडी बढ्ने र ति समस्याहरुलाई समाधान गर्ने प्रतिबद्धता समेत ब्यक्त गर्नुभएको छ।

कार्यक्रममा उपस्थित वडाबासीहरुले बाटो, कृषि, शिक्षा, अस्पताल लगाएतका विभिन्न विषयमा प्रश्नहरु राखेका थिए ।वडा बासीहरुको प्रश्नलाई वडाध्यक्ष थापा र वडाका कर्मचारीले सम्बोधन गर्नुभएको थियो।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्