मोटरसाइकल दुर्घटनामा धादिङकी सोफिया श्रेष्ठको मृत्यु,एक जना घाइते

काठमाण्डौको कलङ्कीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

गएराति सवा २ बजे कलङ्कीको सब वे मा प्रदेश ३–०२–०११ प ४६८१ नम्बरको मोटरसाइकल पल्टिँदा मोटरसाइकलमा पछाडि सवार धादिङ घर भइ काठमाण्डौको नैकाप बस्ने २७ वर्षकी सोफिया श्रेष्ठको ज्यान गएको प्रहरीले जनाएको छ।

दुर्घटनामा घाइते भएका मोटरसाइकलका चालक गोरखाका ३१ वर्षका रामशरण ढकालको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।चालक ढकालले जाँड रक्सी खाएर मोटरसाइकल चलाएको प्रहरीले जनाएको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्