१२ हजार ९९ को परिक्षणमा आज ५४० संक्रमित थपिदा २७१ संक्रमित निको

विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ को महामारी अझै निमूर्ल भईसकेको छैन। नेपालमा पछिल्लो केही दिनयता कोरोना संक्रमितको संख्या बढ्दै गएको छ। यो साताको तथ्यांक हेर्दा दैनिक कोरोनाबाट संक्रमित हुनेको संख्या बढेको हो ।

पछिल्लो २४ घण्टामा देशभर १२ हजार ९९ को कोरोना परिक्षणमा ५४० संक्रमित थपिदा २७१ संक्रमित डिस्चार्ज भएका छन्। देशभरका प्रयोगशालाबाट ७ हजार २०९ जनाको पीसीआर गर्दा ४७८ र ४ हजार ८९० जनाको एन्टिजेन परिक्षणमा ६२ गरी ५४० जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

बुधबार मात्रै ४३५ संक्रमित थपिएका थिए। यो सँगै देशभर संक्रमित हुनेको संख्या ९ लाख २६ हजार ९२५ पुगेको छ भने हालसम्म संक्रमित भई निको हुनेको सङ्ख्या ८ लाख १३ हजार ४४७ पुगेको छ।

योसँगै हालसम्म सक्रिय संक्रमितको संख्या ५ हजार ४३१ रहेको छ भने सङ्क्रमणमुक्त हुनेको दर ९७.९ प्रतिशत रहेको छ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोनाका कारण १ जनाको मृत्यु भएसंगै हालसम्म सङ्क्रमणका कारण मृत्यु हुनेको संख्या एघार हजार ६०२ रहकोे मन्त्रालयको तथ्याङ्मा उल्लेख गरिएको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्