धादिङवेशीमा दुई विद्यार्थी समुह विच खुकुरी हानाहान हुँदा एकजना गम्भीर घाईते

धादिङवेशीमा दुई विद्यार्थी समुह विच खुकुरी हानाहान हुँदा एक जना गम्भीर घाईते भएका छन् ।

वाल मन्दिरमा कक्षा ८ मा अध्ययनरत मनोज तामाङ लगायतको समूहले निलकण्ठ माध्यमिक विद्यालयका कक्षा ९ मा अध्ययनरत प्रविन श्रेष्ठलाई खुकुरी प्रहार गरि घाईते बनाएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरिक्षक राकेश सिंहले जानकारी दिनुभयो।

घाईते श्रेष्ठलाई धादिङ अस्पतालमा सामान्य उपचार पछि काठमाण्डौं रिफर गरिएको छ ।खुकुरी प्रहार गर्ने मनोज तामाङलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्