संक्रमितको संख्या बढ्दै,९४४ जनामा कोरोना पुष्टि,२९७ संक्रमित निको

नेपालमा पछिल्लो केही दिनयता कोरोना संक्रमितको संख्या बढ्दै गएको छ। यो साताको तथ्यांक हेर्दा दैनिक कोरोनाबाट संक्रमित हुनेको संख्या बढेको हो ।

पछिल्लो २४ घण्टामा देशभर १३ हजार २६४ को कोरोना परिक्षणमा ९४४ संक्रमित थपिदा २९७ संक्रमित डिस्चार्ज भएका छन्।

देशभरका प्रयोगशालाबाट ९ हजार ७६२ जनाको पीसीआर गर्दा ६९६ र ३ हजार ५०२ जनाको एन्टिजेन परिक्षणमा २४८ गरी ९४४ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

शुक्रबार मात्रै ९६८ संक्रमित थपिएका थिए। यो सँगै देशभर संक्रमित हुनेको संख्या ९ लाख २८ हजार ८३७ पुगेको छ भने हालसम्म संक्रमित भई निको हुनेको सङ्ख्या ८ लाख १४ हजार ६ पुगेको छ।

योसँगै हालसम्म सक्रिय संक्रमितको संख्या ६ हजार १४० रहेको छ भने सङ्क्रमणमुक्त हुनेको दर ९७.९ प्रतिशत रहेको छ।

यस्तै पछिल्लो २४ घण्टामा संक्रमणका कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ । हालसम्म सङ्क्रमणका कारण मृत्यु हुनेको संख्या एघार हजार ६०२ रहकोे मन्त्रालयको तथ्याङ्मा उल्लेख गरिएको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्