नेपालमा कोरोना संक्रमण लगातार उकालो लाग्न थालेको छ।पछिल्लो केही दिनयता दैनिक कोरोनाबाट संक्रमित हुनेको संख्या बढेको छ।
पछिल्लो २४ घण्टामा देशभर १५ हजार ३३ को कोरोना परिक्षणमा २ हजार ४४४ संक्रमित थपिएका छन्।यो संख्या सोमबारको तुलनामा झण्डै एक हजारले बढी हो।
देशभरका प्रयोगशालाबाट १० हजार ६४८ जनाको पीसीआर गर्दा १९ सय ८१ र ४ हजार ३८५ जनाको एन्टिजेन परिक्षणमा ४६३ गरी २ हजार ४४४ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।
सोमबार १४ सय ४६ संक्रमित थपिएका थिए। यो सँगै देशभर संक्रमित हुनेको संख्या ९ लाख ३३ हजार २९४ पुगेको छ ।यसैगरी पछिलो २४ घण्टामा ३१३ संक्रमित डिस्चार्ज भएसँगै संक्रमित भई निको हुनेको सङ्ख्या ८ लाख १४ हजार ७९८ पुगेको छ।
संक्रमित भन्दा संक्रमणमुक्त हुने संख्या घट्दै गएपछि सक्रिय संक्रमित बढेका छन्। हाल सक्रिय संक्रमितको संख्या९ हजार ५२२ पुगेको छ भने सङ्क्रमणमुक्त हुनेको दर ९७.५ प्रतिशत रहेको छ।
यस्तै पछिल्लो २४ घण्टामा संक्रमणका कारण १ जनाको मृत्यु भएसँगै हालसम्म सङ्क्रमणका कारण मृत्यु हुनेको संख्या एघार हजार ६०७ रहकोे मन्त्रालयको तथ्याङ्मा उल्लेख गरिएको छ।