कोरोना परीक्षण शुल्क अत्यधिक भएको भन्दै खारेजीको माग

काठमाडौ,०४ माघ ।
कोरोना परीक्षण शुल्क खारेजीको माग गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उजुरी परेको छ । पीसीआर र ऐन्टिजेन परीक्षणको नाममा महामारीमा पनि उपभोक्ता माथि ठगी भइहरको भन्दै राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल मर्हजनले उजुरी दर्ता गराउनु भएको हो।

नेपालका निजी अस्पतालहरुले ऐन्टिजेन टेष्ट गरे बापत न्यूनतम ५०० लिइ रहेका छन् भने पीसीआर परिक्षणबापत न्यूनतम २ हजारसम्म लिईरहेका छन् । त्यस्तै सरकारी अस्पतालले पिसिआर परीक्षणको एक हजारसम्म लिरहेका छन् ।

तर पीसीआर परिक्षणको लागी प्रयोग हुने टेष्ट किटको अधिकतम साइज ९६ प्रयोग गर्दा अधिकतम ६ अमेरिकी डलर मात्र खर्च हुने आधारमा नेपाली रुपैयाँ ८ सय भन्दा बढी परीक्षण शुल्क नलाग्ने भन्दैमहर्जनले कोरोना परिक्षण शुल्क खारेजीको माग गरेको बताउनु भएको छ ।

प्रधानमन्त्रीलाई सम्बोधन गरी बुझाइको उजुरीमा दुवै प्रकारको परीक्षण गर्दा लाग्ने शुल्क नियमन गरी पाउँ भन्ने माग राखिएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्