काठमाडौं,१५ माघ ।
२०औं संस्करणको आहा रारा गोल्डकप फुटबलको उपाधि सशस्त्र प्रहरीको एपीएफ क्लबले जितेको छ।
आज पोखरा रङ्गशालामा भएको फाइनल खेलमा मनाङ मस्र्याड्दी क्लबलाई पेनाल्टीमा ५– ३ गोल अन्तरले पराजित गर्दै एपीएफले पहिलो पटक उपाधि जितेको हो।
निर्धारित ९० मिनेट र थप ३० मिनेटको खेलमा दुवै टोलीले २ – २ गोल गरेपछि पेनाल्टी सुटआउट भएको थियो ।
जितसँगै एपीएफले १० लाख एक हजार र दोस्रो भएको मनाङ्ले पाँच लाख एक हजार पुरस्कार पाएका छन् ।