धादिङ र गोरखाका जनप्रतिनीधिले बुढीगण्डकी जलविद्युत आयोजनाको कार्यालयमा ध्यानाकर्षण–पत्र बुझाएका छन् ।बुधबार धादिङ र गोरखाका जनप्रतिनीधिको संयुक्त बैठक बसेर तयार पारिएको १६ बुँदे ध्यानाकर्षण–पत्र बुढीगण्डकी जलविद्युत आयोजनाको कार्यालय सिउरेनीटारलाई बुझाएका हुन्।
जनप्रतिनीधिहरुले प्रभावित क्षेत्रको जग्गाको मुल्य निर्धारण गर्दा विगतमा देखिएको असमानतालाई एकरुपता कार्यम गर्नुपर्ने, घर–गोठ,बोट–विरुवाको मुअब्जा वितरण गर्नु पहिले वातावरणिय प्रतिवेदनको आधारमा पूर्नवासको व्यवस्था गर्नुपर्ने लगाएतका माग गरेका छन्।
यस्तै सार्वजनिक संरचनाहरु विद्यालय, मठ मन्दिर, स्वास्थ्य संस्था आदिको उचित व्यवस्थापन गर्नुपर्ने, फिल्ड बुक कायम भएको तर पुर्जा नभएका जग्गा धनीलाई अविलम्ब पुर्जा दिलाई मुअब्जा दिनु पर्ने, आयोजनाको मोडालिटी तयार गरि तत्काल काम अगाडी बढाउनु पर्ने लगायतका मागहरु ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ।
यस्तो छ,१६ बुँदे ध्यानाकर्षण–पत्र