काठमाडौं, ८ फागुन ।
प्रतिनिधिसभाको आजको बैठकमा एमसीसी अनुमोदनको लािग पेश भएको छ । सरकारको तर्फबाट सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले उक्त प्रस्ताव अनुमोदनको लागि टेबुल गराएका हुन् ।
एमसीसी टेबुल भएलगत्तै सभामुख अग्निप्रसाद सापकोटाले सूचना पढेर अर्को बैठक फागुन १२ गते दिउँसो १ बजे बस्ने जानकारी गराए ।