धादिङ,२९ फागुन। सहरी योजना पूर्वाधार विकास तथा विपद् व्यवस्थापन विधामा धादिङको निलकण्ठ नगरपालिका उत्कृष्ट भएको छ।
आईतबार नेपाल नगरपालिका सङ्घले बिभिन्न ५ विधामा घोषणा गरेको उत्कृष्ट नगरपालिकाहरुमा धादिङको निलकण्ठ पूर्वाधार विकास तथा विपद् व्यवस्थापनमा उत्कृष्ट ठहरिएको हो। निलकण्ठ यसअघि पनि विभिन्न सूचाङ्कको आधारमा उत्कृष्ट बन्दै आएको थियो ।
नेपाल नगरपालिका सङ्घको २९ औं वार्षिक उत्सवको अवसर पारेर आज सङ्घले आज ५ विधामा उत्कृष्ट नगरपालिका घोषणा गरेको हो । सङ्घका अनुसार संस्थागत विकास, सेवा प्रवाह तथा वित्तीय सुशासनतर्फ स्याङ्जाका वालिङ र पुतलीबजार नगरपालिकालाई उत्कृष्ट घोषणा गरिएको छ भने वन वातावरण, जयवायु परिवर्तनतर्फ इलाम नगरपालिका उत्कृष्ट भएको छ । यस्तै स्थानीय आर्थिक विकासतर्फ सर्लाहीको हरिवन नगरपालिका र सामाजिक विकासतर्फ रुपन्देहीको तिलोत्तमा र चितवनको राप्ती नगरपालिका उत्कृष्ट बनेका छन् ।
आइतबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी उत्कृष्ट सात नगरपालिकालाई पुरस्कार प्रदान गरेको छ ।पुरस्कृत भएका नगरपालिकाका प्रतिनिधिलाई प्रधानमन्त्री देउवाले पुरस्कार प्रदान गर्नुभएको थियो।