नेपाल बुद्धिजिबी परिषद धादिङको अध्यक्षमा शिवप्रसाद तिमल्सेना चयन हुनुभएको छ।शनिबार भएको जिल्ला कार्यसमिति धादिङको आठौँ जिल्ला अबिधेशनले सिद्धलेकका तिमल्सेनाको अध्यक्षतामा पदाधिकारीसहित ९ सदस्यीय कमिटी चयन गरेको छ।
कमिटिको उपाध्यक्षमा तोला कुमारी पाठक(निलकण्ठ),सचिवमा डि.बि सिंखडा(नेत्रावती), सह–सचिवमा कृष्ण अधिकारी(गंगाजमुना), कोषाध्यक्षमा विष्णुमाया कार्की(थाक्रे) रहनुभएको छ।
त्यस्तै सदस्यहरुमा झंक नारायण श्रेष्ठ(नीलकण्ठ), ध्रुव खतिवडा(गल्छी), राजकुमार तिमल्सेना(नीलकण्ठ) र हरी बुर्लाकोटी(त्रिपुरासुन्दरी) रहनुभएको छ।