अखिल नेपाल महिला संघ धादिङको अध्यक्षमा उमा सिंखडा नेपाल चयन हुनुभएको छ।
आईतबार सदरमुकाम धादिङबेसीमा सम्पन्न एमाले निकट महिलाहरुको संगठन अनेम संघको ९ औं जिल्ला अधिवेशनबाट नेपालको अध्यक्षतामा १३० सदस्यीय जिल्ला कमिटी गठन गरिएको हो ।
महिला संघको उपाध्यक्षमा उर्मिला रेग्मी र एन्जिला तामाङ, सचिवमा खिल कुमारी पोखरेल तिवारी, उप–सचिवमा हिरा रेग्मी र कोषाध्यक्षमा सान्नानी बाग्दास चयन हुनुभएको छ।
कार्यक्रमा उपस्थित नेताहरुले नेकपा एमालेको सबैभन्दा बलियो जनसंगठन अखिल नेपाल महिला संघ भएको भन्दै, यस संगठनले महिलाहरुको हित र अधिकारको निम्ति धेरै योगदान र पैरवी गर्दै आइरहेको बताउनुभयो ।
महिला संघले पैतृक सम्पत्तिमा महिलाको समान अधिकार, आमाको नामबाट नेपाली नागरिकता पाउनुपर्ने एवं वंशको आधारमा अधिकारको प्राप्ती, महिलाको पहिचाहन, राज्यका हरेक तह र तप्कामा ३३ प्रतिशत महिला सहभागीताको सुनिश्चितता, लैंगिक हिंसा विरुद्धका मुद्धामा महिला मैत्री कानुन निर्माण, महिला विरुद्धको विभेद र अन्यायका लागि पैरवी गर्ने संगठन अखिल नेपाल महिला संघ भएको बताएका छन् ।
आगामी दिनमा अझ महिलाहरु संगठित हुदै आफ्नो छुट्टै पहिचाहन बनाउनु पर्ने, नेतृत्व गर्ने तहमा महिलाहरु स्थापित हुन आफ्नो सिप र क्षमताको विकास गर्दै अघि बढ्नु पर्ने बताए ।
अबका दिनमा चुनाव केन्द्रित भएर आ–आफ्नो स्थानमा लाग्नु पर्ने साथै आफ्नो पार्टीको उम्मेद्धावरलाइ चुनाव जिताउन महिलाको महत्वपूर्ण भूमिका हुने हुँदा पार्टी सदस्यता तथा संगठन विस्तारमा लाग्न सबैलाइ अनुरोध गरेको छ ।कार्यक्रममा जिल्ला भरिका करिब ५ सयजना महिलाहरुको उपस्थिति रहेको थियो ।