धादिङ,१२ चैत।
धादिङको बेनिघाट रोराङ गाउँपालिका–४ को डुम्रे छिपिगाउँको २३ घरधुरीमा घर घरमा धारा जडान गरिएको छ ।
एक गाग्री पानी भर्न घण्टौं लाईनमा बस्नु पर्ने बाध्यतामा रहेको डुम्रे छिपिगाउँका स्थानियले बेनिघाट रोराङ गाउँपालिका, शान्ति नेपाल र डुम्रे छिपिगाउँ उपभोक्ता समुदायको संयुक्त साझेदारीमा खानेपानी योजना’ सञ्चालनमा आएसँगै खानेपानीको समस्या हटेको छ ।
बेनिघाट रोराङ गाउँपालिकाको २ लाख ४७ हजार २ सय पचास, शान्ति नेपालको ३ लाख ४० हजार ९ सय २८ रुपैयाँ ४८ पैसा, समुदायको नगद १० हजार ८ सय रुपैयाँ, समुदायको तर्फबाट जनश्रमदान ३ लाख ६३ हजार ३ सय रुपैयाँ गरी जम्मा ९ लाख ६२ हजार २ सय ७८ रुपैयाँ ४८ पैसामा खानेपानी योजनाको काम सम्पन्न भएसँगै आयोजनाको एक कार्यक्रमका बिच गाउँपालिकाका अध्यक्ष पित्त बहादुर डल्लाकोटीले उद्घाटनु गर्नुभएको छ।
खानेपानी उपभोक्ता समितिका अध्यक्ष युवराज श्रेष्ठको अध्यक्षतामा सम्पन्न खानेपानी उद्घाटन कार्यक्रममा गाउँपालिकाका अध्यक्ष डल्लाकोटीको प्रमुख आतिथ्यता रहेको थियो ।कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष देवि प्रसाद सिल्वाल, वडा नम्वर ४ का अध्यक्ष गुणराज उप्रेती, शान्ति नेपालका कार्यकारी निर्देशक पि.आर शर्मा, परियोजना संयोजक लाल प्रसाद पोखरेल, वडा सदस्य राजकुमार श्रेष्ठ लगायतको आतिथ्यता रहेको थियो ।
खानेपानी योजना सम्पन्न भएपछि समुदायको सरसफाई तथा स्वच्छता, आमा र बच्चाको स्वास्थ्य र पोषण अवस्थामा सुधार हुने अपेक्षा गरिएको छ । शान्ति नेपाल र बेनिघाट रोराङ गाउँपालिकाको सहकार्यमा समुदायको जिविकोपार्जन, स्वास्थ्य तथा सरसफाई, ५ बर्ष मुनिको बालबािलकाका र आमाहरुको पोषण सुधार र समुदायको सशक्तिकरण गर्ने उद्देश्यका साथ एकिकृत सामुदायिक पोाषण तथा खाद्य सुरक्षा परियोजना सञ्चालन भईरहेको छ ।