राजेन्द्र तामाङ प्रशिक्षक संघमा निर्विरोध अध्यक्ष

काठमाडौं, २ बैशाख । 

अखिल नेपाल फुटबल संघ (एन्फा) अन्तर्गत रहेको  प्रशिक्षक संघको अध्यक्षमा  पूर्वखेलाडी तथा प्रशिक्षक  राजेन्द्र तामाङ निर्विरोध निर्वाचित भएका छन ।  शनिबार चितवनको सौराहामा भएको अधिवेशनबाट  मनाङ मर्स्याङ्दीका प्रशिक्षकसमेत रहेका तामाङ अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन । 

आसन्न एन्फाको केन्द्रिय निर्वाचनका लागि प्रशिक्षक संघले अधिवेशनबाट प्रतिनिधि छनोट गर्न निर्वाचन गरेको थियो । संघले एक मताधिकार पाउनेछ । प्रशिक्षक संघमा तामाङ र चेत नारायण श्रेष्ठले दाबी गरेपनि पछि श्रेष्ठले दाबी छाेडेका थिए ।

पहिलो पटक अध्यक्ष भएका तामाङले अन्य प्रशिक्षक र अघिल्ला कार्यक्रम हेरेर अगाडि बढ्ने न्युज कारखानालाई बताएका छन् ।  ६ असारमा हुने एन्फाको  केन्द्रिय निर्वाचनमा ४८ वटामध्ये ४५ वटा जिल्ला संघ मताधिकार प्राप्त छन् ।

१४ वटा ए डिभिजन क्लब, १४ मध्ये ११ बी डिभिजन क्लब र १४ मध्ये ९ वटा सी डिभिजन लिगका क्लब रहेका छन् । यस्तै खेलाडी संघ, प्रशिक्षक संघ, महिला र रेफ्री संघ र राष्ट्रिय लिगका लागि छनोट भएर दुई वर्षदेखि खेल्न नपाइरहेका मोफसलका चार क्लबले भोट हाल्न पाउनेछन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्