नीलकण्ठ नगरपालिकामा शुक्रबार दुई वटा खानेपानी परियोजनाको शिलान्यास

धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ५ फ्याक्से र वडा नम्बर ४ रिजालथोकमा खानेपानी परियोजनाको शुक्रबार शिलान्यास गरीएको छ । दुवै खानेपानी परियोजनाको नीलकण्ठ नगरपालिकाका मेयर भिम प्रसाद ढुङ्गानाले छुट्टा छुट्टै कार्यक्रमका बीच शिलान्यास गर्नुभएको हो ।

खानेपानी परियोजनाको शिलान्यास समारोहलाई सम्बोधन गर्नुहुदै मेयर भिम ढुङगानाले राजनीतिक विचार खोपामा राखेर विकास निमार्णको काम गर्नुपर्ने बताउनुभयो।आफु नीलकण्ठ नगरपालिका भरिको मेयर भएको भन्दै उहाँले राजनीतिक विचारको आधारमा विकासमा पक्षपात गर्न नहुने बताउनुभयो ।
नीलकण्ठ नगरपालिकालाई तिर्खा मुक्त नगर बनाउने उदेश्य अनुरुप काम भईरहेको भन्दै उहाँले विकास निमार्णको काममा सहयोग गर्नको लागि नागरिकहरुलाई आग्रह गर्नुभएको छ।नीलकण्ठ नगरपालिका,सर्भिस फर पिस र कोईकाको संयुक्त साझेदारीमा निर्माण हुने खानेपानी आयोजना आगामी बैशाख भित्रमा सम्पन्न गर्ने लक्ष्य राखीएको छ।

नीलकण्ठ नगरपालिका वडा नम्बर ५ फ्याक्सेमा निर्माण हुन लागेको खानेपानी आयोजनाबाट १ सय २५ घरधुरी लाभान्वित हुने भएका छन् । नीलकण्ठ नगरपालिका र सर्भिस फर पिसको ५४ लख २७ हजार ३ सय २२ र समुदायको श्रमदान ६ लाख ६९ हजार १ सय ७७ पैया गरी कुल ६० लाख ९६ हजार ४ सय ९९ पैयाको लागतमा परियोजना सम्पन्न गर्न लागिएको हो।फ्याक्सेमा रहेको नेपाल धारा,गाँड धारा,तारुका टोल धार र खाल्टे खोलाको पानीको मुहानबाट खानेपानी वितरण गर्न लागिएको हो ।
यसैगरी वडा नम्बर ४ मा निर्माण हुन लागेको खानेपानी आयोजनाबाट ८७ घरधुरीका नागरिकहरु लाभान्वित हुने भएका छन्।नीलकण्ठ नगरपालिकाको ५० लाख,सर्भिस फर पिसको ५५ लाख ११ हजार ६ सय ९, समुदायको श्रमदान २१ लाख १६ हजार ८ सय ७९ गरी कुल १ करोड २२ लाख ६० हजार ६ सय ६९ रुपैँयाकोको लागि खानेपानी परियोजना सम्पन्न हुने सर्भिस फर पिस धादिङका कार्यक्रम संयोजक उपेश श्रेष्ठले जानकारी दिनुभयो।
समुदाय भन्दा तल्लो भागमा रहेको पानीको मुहानबाट माथि गाउँमा पानी तानी वितरण गर्ने प्रणाली÷लिफ्टिङ खानेपानी पद्धती अनुसार बिजुली र सोलार सिस्टम दुवै जडान गरिने फिल्ड संयोजक अर्जुन कुमार श्रेष्ठले जानकारी दिनुभयो । नीलकण्ठ नगरपालिकाका मेयर भिम प्रसाद ढुङ्गानाको प्रमुख आतिथ्यमा सम्पन्न भएको शिल्यान्यास कार्यक्रममा उप मेयर मनराज भण्डारीको विशेष आतिथ्य रहेको थियो । कार्यक्रममा सर्भिस फर पिसका कार्यकारी निर्देशक सरोज कुमार खनाल,केन्द्रिय सदस्य शम्भुसिंह ठकुरी,वडा नम्बर ५ का वडा अध्यक्ष रामकुमार श्रेष्ठ,वडा नम्बर ४ का वडा अध्यक्ष शिवराज गिरी लगायतको आतिथ्य रहेको थियो । खानेपानीको समस्या झेल्दै आएका वडा नम्बर ५ फ्याक्से र वडा नम्बर ४ रिजालथोक र कईजले गाउँका नागरिकह खानेपानी आउने भएपछि खुशी भएका छन् । यसअघी बिहिबार नीलकण्ठ नगरपालिका भित्रको दुई वटा खानेपानी परियोजनाको शिलान्यास गरि सकीएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्