काठमाडौं, १८ जेठ ।
राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेलले विदेशीलाई अपार्टमेन्ट किन्न दिन नहुने भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन् ।
प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा आर्थिक वर्ष २०७९/०८० को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफलमा सहभागी हुँदै उनले विदेशीलाई अपार्टमेन्ट किन्न दिन नहुने भन्दै यसप्रति सरकारको ध्यानाकर्षण गराएकी हुन् ।
बजेटमा सीमा अतिक्रमण र भूमि फिर्ता ल्याउने विषय उल्लेख नभएको उनको भनाइ छ ।