धादिङमा भोलि (शनिबार) विद्युत सेवा अवरुद्ध हुने

धादिङ,१० असार ।

धादिङमा भोलि शनिबार पनि विद्युत अवरुद्ध हुने भएको छ ।

नेपाल विद्युत प्राधिकरण धादिङ वितरण केन्द्रले सूचना जारी गर्दै भोलि शनिबार रसुवा नुवाकोट वितरण प्रणाली पुननिमार्ण तथा सुधार आयोजनाले नुवाकोट जिल्ला बेलकोटगढी नगरपालिका वडा नं ७ रातमाटेमा निमार्ण कार्य गर्नको लागि देविघाट–धादिङ ३३ के.भी. प्रशारण लाइन सटडाउन गर्ने भएकोले बिहान ११ बजे देखि अपरान्ह ३ बजेसम्म विद्युत सेवा अवरुद्ध हुने जनाएको छ ।

जिल्लाको धादिङबेशी, सल्यान्टार र जरे सवस्टेसनबाट सप्लाई हुने क्षेत्रहरुमा विद्युत आपूर्ति बन्द हुने सूचनामा भनिएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्