धादिङ,०६ भाद्र ।
पछिल्लो २४ घण्टामा थप ६ सय ५८ जनामा कोभिड सङ्क्रमण पुष्टि भएको छ ।
देशभर ६ हजार ६ सय ४३ जनाको नमूना परीक्षण गरिएको थियो । ३ हजार ३८१ जनाले पिसिआर र ३ हजार २ सय ६२ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।
यही अवधिमा ४ सय ५६ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । यससँगै सङ्क्रमण मुक्त हुनेको सङ्ख्या नौ लाख ७९ हजार ३ सय ५७ पुगेको छ । सङ्क्रमण मुक्त हुने दर ९८ दशमलव ४ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
हाल सक्रिय सङ्क्रमितको सङ्ख्या ४ हजार २९६ रहेको छ । गत २५ घण्टामा एक जनाको मृत्यु भएसँगै अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार नौ सय ९३ पुगेको छ ।