बुधबार धादिङका १९ जनामा कोरोना संक्रमण, सक्रिय संक्रमित १४४

धादिङ,०८ भाद्र ।
धादिङका थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जिल्लामा गरिएको ३४ एन्टिजेन परिक्षणमा ज्वालामुखी गाउँपालिकामा ८ जना, त्रिपुरासुन्दरी गाउँपालिकामा ७ जना, धादिङ अस्पतालमा २ जना, धुनिबेसी नगरपालिकामा र गंगाजमुना गाउँपालिकामा १/१ जना गरी जिल्लामा १९ पोजिटिभ केश देखिएको स्वास्थ्य कार्यालय धादिङको तथ्याङकमा उल्लेख गरीएको छ। यस्तै जिल्लाका थप १७ संक्रमित डिस्चार्ज भएका छन् ।

हाल सक्रिय संक्रमितको संख्या १४४ पुगेको छ । र संक्रमित सबै होम आईशालेशनमा रहेका छन्।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्