विविध कार्यक्रम गरी धादिङमा पनि मनाईयो नेपाल निजामती कर्मचारी युनियन स्थापना दिवस

धादिङ,१९ भदौ ।
नेपाल निजामती कर्मचारी युनियन स्थापना दिवसको अवसरमा धादिङमा विभिन्न कार्यक्रम गरी मनाईएको छ । दिवसको अवसरमा आईतबार धादिङमा रक्तदान सहित आमाको मायाँ छात्राबासमा बस्ने विद्यार्थीहरुलाई टिसर्ट र चप्पप वितरण गरीएको छ ।

No description available.

संस्थाको ३१ औ स्थापना दिवसको अवसरमा नीलकण्ठ नगरपालिका वडा नम्बर ४ मा रहेको आमाको माँया छात्राबासमा बस्ने ३१ विद्यार्थीहरुलाई टिसर्ट र चप्पल वितरण गरीएको नेपाल निजामती कर्मचारी युनियनका केन्द्रिय सदस्य कृष्ण बहादुर पौडेलले जानकारी दिनुभयो ।

No description available.

स्थापना दिवसकै अवसर पारेर आज खुल्ला रक्तदान कार्यक्रम समेत सम्पन्न भएको छ। कार्यक्रममा केन्द्रिय सदस्यहरु कृष्ण बहादुर पौडेल,बालकृष्ण नेपाली लगायतको आतिथ्यता रहेको थियो ।

No description available.
No description available.

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्