धादिङबेशी बजार व्यवस्थापन सम्बन्धी सरोकारवालाबिच छलफल,निर्णय कार्यान्वयन गर्न जोड

धादिङ,०८ असोज ।

धादिङबेशी बजार व्यवस्थापन सम्बन्धी सरोकारवालबिच छलफल कार्यक्रम सम्पन्न भएको छ । शनिबार निलकण्ठ नगरपालिका वडा न ३ को आयोजनामा धादिङबेशी स्थित विपद व्यवस्थापन हलमा बजार व्यवस्थापन सम्बन्धी सरोकारवालबिच छलफल कार्यक्रम सम्पन्न भएको हो ।
वडा नं ३ का वडा अध्यक्ष राजकुमार श्रेष्ठको अध्यक्षतामा भएको छलफल कार्यक्रममा नगरपालिकाका प्रमुख भीम प्रसाद ढुङ्गानाको प्रमुख आतिथ्यता तथा उप प्रमुख दिपक विश्वकर्माको बिशेष आतिथ्यता रहेको थियो ।

कार्यक्रममा बसपार्क व्यवस्थापन, सार्वजनिक शौचालय, मोटरसाइक ग्यारेज व्यवस्थापन, कवाडी गोदाम व्यवस्थापन, बजार क्षेत्रका घरका पाली तथा भ¥याङ र चाडपर्व लक्षित तथा अन्य समयमा शान्ति सुरक्षा लगातएको बिषयमा अन्तरक्रिया गरिएको थियो ।

छलफलबाट सार्वजनिक जग्गामा कसैलाई पनि संरचना बनाउन हाललाई नदिने, पुरानो घरहरुको अभिलेखिकरण गर्न सुचना जारी गर्न निलकण्ठ नगरपालिकालाई अनुरोध गर्ने, मोटरसाईकल वर्कसर्प सार्ने सम्बन्धमा ३५ दिने सुचना जारी गर्न माग गर्ने, पाली भ¥याङ हटाउने सम्बन्धमा ३५ दिने सुचना जारी गर्ने, बजार अनुगमन उप प्रमुखको अध्यक्षतामा रहेको समिति बाट तत्काल गर्न माग गर्ने, कवाडीको सम्बन्धमा वडा अध्यक्षको अध्यक्षतामा समिति गठन गरि ब्यवस्थापन गर्ने, बसपार्क हाललाई पहिले भएको स्थानमा नै व्यवस्थित गर्ने, संरचनाहरुलाई मर्मत संहार गर्ने, ट्राफिक प्रहरीलाई ब्यवस्थित गर्न नीलकण्ठ ८ मा रहेको सार्वजनिक भवनमा ब्यवस्थापन गर्न अनुरोध गर्ने र बजार ब्यवस्थापन सम्बन्धि पुर्व निर्णयहरु कार्यान्वयन गर्ने निर्णय भएको नीलकण्ठ नगरपालिका वडा न ३ का वडा अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

कार्यक्रममा सहभागीहरुले गरिएका निर्णयहरु पटक पटक कार्यन्वयन नभएकोले यस पटकको निर्णयलाई कार्यान्वयन गर्न जोडदार माग गरेका छन् ।छलफल कार्यक्रममा यातायात ब्यवसायी, टोल सुधार समिति, नागरिक समाज, उद्योग बाणिज्य संघ, जनप्रतिनिधिहरु र धादिङबेशीका अगुवा नागरिकहरुको उपस्थिति रहेको थियो ।

No description available.

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्