सगरमाथा इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीको मंगलबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७६/७७ को मुनाफ बाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।
जस अनुसार कम्पनीले आर्थिक वर्ष ७६/७७ को मुनाफ बाट हाल कायम चुक्ता पुंजीको ११ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.५७८९ प्रतिशत नगद नगरी कुल ११.५७८९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।
प्रस्तावित लाभांशलाई बीमा समितिले स्वीकृति दिएपछि र कम्पनीको अगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुने छ ।