धादिङमा आज ५५ जनामा डेंगु संक्रमण

धादिङ,०२ कात्तिक ।

धादिङमा आज ५५ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय धादिङका अनुसार पछिल्लो २४ घण्टामा ३५ पुरुष र २० महिला गरी ५५ जना संक्रमण पुष्टि भएको हो ।

योसँगै गत साउन १ गतेदेखि यता जिल्लामा डेंगु बिरामीको संख्या एक हजार ४८६ पुगेको छ । स्वास्थ्य कार्यालय धादिङको विवरण अनुसार जिल्लाका ८२३ जना पुरुष र ६६३ महिला गरी कुल एक हजार ४८६ जनामा संक्रमण पुष्टि भएको छ।

सबैभन्दा धेरै संक्रमित नीलकण्ठ नगरपालिकामा ८९३ रहेको छ भने गजुरीमा १०६ र त्रिपुरासुन्दरीमा ६४ जनामा डेंगु संक्रमण पुष्टि भएको छ।

यस्तै धुनिबेशीमा ६७, गल्छीमा ४८, ज्वालामुखीमा ६४, बेनिघाट रोराङमा ३९, सिद्धलेकमा ३४, थाक्रेमा १७, नेत्रावती डवजोङमा १०, रुवीभ्यालीमा ९, गंगाजमुनामा २१ र खनियाबास गाउँपालिकामा ४ जनामा संक्रमण पुष्टि भएको छ ।

कुल संक्रमित मध्ये १०२ जनाको ठेगाना खुलेको छैन भने ८ जना अन्य जिल्लामा परिक्षण गरिएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ । धादिङमा हाल ३ स्थान (धादिङ अस्पताल, सल्यान्टार प्राथमिक स्वास्थ्य केन्द्र र गजुरी प्राथमिक स्वास्थ्य केन्द्र) बाट परिक्षण हुदैँ आएको छ ।

फाईल तस्विर

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्