धादिङका थप तिन कोरोना संक्रमित निको भएका छन्। हाल जिल्लामा सक्रिय संक्रमित ९ रहेको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ।आज जिल्लामा पोजिटिभ केश देखिएको छैन।
जिल्लामा अहिलेसम्म संक्रमित हुनेको सङ्ख्या नौ हजार एक सय ३७ पुगेको छ भने संक्रमित भई निको हुनेको सङ्ख्या ८ हजार ९८२ रहेको छ।यसैगरी संक्रमणका कारण जिल्लाका ८० जनाले ज्यान गुमाएका छन्।हाल संक्रमित मध्ये ९ जना नै होम आइसोलेसनमा रहेका छन्।