बीमा समितिले प्रिमियम वृद्धि गरेकोमा महासंघको आपत्ति, निर्देशन संशोधन गर्न माग

निर्जिवन बीमाको प्रिमियम वृद्धि गरी न्युनतम सिमा तोएिकोमा नेपाल उद्योग वाणिज्य महासंघले आपत्ति जनाएको छ। बीमा समितिले असोज ६ गते सबै निर्जिवन बीमा कम्पनीहरूको लागि जारी गरेको गैर शुल्क विमा व्यवसायका लागि न्यूनतम प्रिमियद दर (Minimum Premium Rate for Non-Tariff Insurance Business) सम्बन्धी परिपत्रबाट निर्जिवन बीमाको प्रिमियम वृद्धि गरि न्युनतम सिमा तोकेकोप्रति महासंघले गम्भीर ध्यानाकर्षण जनाएको हो।

खुला बजार अर्थव्यवस्थामा नियामक निकायद्वारा प्रिमियम वृद्धि सोही दरलाई नै न्युनतम सिमा तोकिदा एकाएक आयोजनाको लागत बढ्न जाने महासंघको भनाई छ । स्वतन्त्र उर्जा उत्पादकहरूको संस्था, निर्माण व्यवसायी महासंघ लगायतका आयोजना निर्माणमा संलग्न संघ संस्था एवं उद्यमी व्यवसायीहरूका अनुसार बीमा समितिले जारी गरेको निर्देशनमा बीमाको प्रीमियम शुल्क भुक्तानी गरेपनि विमितले विमकबाट दावी भुक्तानी पाउन नसक्ने खालका विभिन्न शर्तहरूको राखिएकोमा महासंघले आपत्ति जनाएको हो । यस बिषयमा सबै सरोकारवालासंग अविलम्व छलफल गर्न पनि महासंघले माग गरेको छ।

यसैगरि बजारमा प्रतिष्पर्धा निरुत्साहित हुने गरि नियामक निकाय समितिद्वारा निर्जीवन बीमा कम्पनीहरुलाई गैर शुल्क विमा व्यवसायका लागि न्यूनतम प्रिमियद दर (Minimum Premium Rate for Non-Tariff Insurance Business) सम्बन्धमा जारी गरिएको निर्देशनमा पुनरावलोकन गर्न महासंघले आग्रह गरेको छ । खुला बजार अर्थव्यवस्थामा प्रतिष्पर्धाद्धारा मुल्य निर्धारण हुने हुदा न्युनतम शुल्क तोक्न नहुने महासंघको धारणा छ । साथै अर्थतन्त्रको पुनरोत्थानका लागि लगानी प्रवर्द्धन र रोजगारी सिर्जना हुने व्यवसायिक वातावरण निर्माण गर्न पनि सम्बन्धित सरोकारवाला समक्ष महासंघले आग्रह गरेको छ । bizpati

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्