पछिल्लो २४ घण्टामा निको हुने बढि,५१८ संक्रमित निको भए

पछिल्लो २४ घण्टामा संक्रमण पुष्टि हुनेभन्दा निको हुने बढि रहेको छ।आज देशभर ३५६ संक्रमित थपिदा ५१८ संक्रमित निको भएका छन्। देशभरका प्रयोगशालाबाट ३ हजार २५९ जनाको पीसीआर गर्दा २८७ जना र ३ हजार १२५ जनाको एन्टिजेन परिक्षणमा ६९ गरी ३५६ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

बुधबार मात्रै ४४७ संक्रमित थपिएका थिए। योसँगै देशभर संक्रमित हुनेको संख्या ९ लाख ८ हजार ९१० पुगेको छ भने संक्रमित भई निको हुनेको सङ्ख्या ७ लाख ९३ हजार ७८९ पुगेको छ।

सक्रिय सङ्क्रमितको सङ्ख्या ८ हजार ८९० रहेको छ ।सङ्क्रमणमुक्त हुनेको दर ९७ दशमलब ५ प्रतिशत रहेको छ । यस्तै पछिल्लो २४ घण्टामा सङ्क्रमणका कारण २ जनाको ज्यान गएसँगै हालसम्म सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या एघार हजार ४३६ पुगेको मन्त्रालयको तथ्याङ्कमा उल्लेख गरिएको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्